रिबन

१२ लाखले युक्रेन छोडे: राष्ट्रसङ्घ

काठमाडौं ।रुसी आक्रमणका कारण करिब १२ लाख मानिस युक्रेन छोडेको संयुक्त राष्ट्रसङ्घको शरणार्थी सम्बन्धी उच्च निकायको तथ्याङ्क छ। पलायन हुनेको आधाभन्दा बढी सङ्ख्या छिमेकी मुलुक पोल्यान्डमा पुगेको छ।

बिहीवार, ३ मार्चसम्म उपलब्ध पछिल्लो तथ्याङ्क अनुसार करिब ६५०,००० मानिस पोल्यान्ड पुगेका हुन्। त्यस्तै १५०,००० हङ्गेरी र बाँकी अन्य युरोपेली राष्ट्रहरूमा पुगेका छन्।। छिमेकी मल्डोभा, स्लोभाकिया र रुमेनियामा बाँकी ठूलो सङ्ख्यामा शरणार्थीहरू रहेका छन्।

यूएनएचसीआरका अनुसार “बाँकी धेरै देश भित्र र बाहिर हिँडिरहेका छन्।”

“उनीहरूलाई सुरक्षा र सहयोगको खाँचो छ। अवस्थाबारे थाहा हुँदै जाँदा, अनुमानित ४० लाख मानिसले युक्रेन छोड्न सक्छन्।”

आक्रमण अघि युक्रेनको कुल जनसङ्ख्या करिब चार करोड ४० लाख थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *