काठमाडाैँ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा व्यक्तिवाद हाबी भएकाे आराेप लगाएका छन् । शुक्रबारबाट राष्ट्रिय सभागृह, काठमाडाैँमा शुरू भएकाे केन्द्रीय समिति बैठकमा नेता श्रेष्ठले यस्ताे लिखित मन्तव्य दिएका हुन् । ‘नेतृत्व चरम् व्यक्तिवादी बनेकाे छ,’ मन्तव्यमा श्रेष्ठले भनेका छन् ।
प्रचण्डसँग आफ्नाे ०५३ सालयताकाे सम्बन्ध भए पनि पत्रकार सम्मेलन गरेर पार्टी छाेड्न भनिएकाे भन्दै नेता श्रेष्ठले भनेका छन्— ‘हाम्रो मुख्य समस्या वैचारिक संस्कृतिमा भयो । पार्टीभित्र नोकरशाही, पूँजीपति र दलालहरूसँग साँठगाँठ गर्ने प्रवृत्ति बढेको छ । नेतृत्व चरम् व्यक्तिवादी बनेको छ । यसले पार्टीलाई पटक्कै फाइदा गरेकाे छैन ।’
नेता श्रेष्ठले पार्टी इतिहासकै गम्भीर माेडमा पुगेकाे बताए ।




