काठमाडौँ । युक्रेनको जापोरिझझिया आणविक ऊर्जा केन्द्रलाई रसियन सेनाले नियन्त्रणमा लिएको छ ।
यसअघि रुसी आक्रमणका कारण आणविक ऊर्जा केन्द्रमा रहेको पाँच तले तालिम केन्द्र रहेको भवनमा आगो लागेको युक्रेनले जनाएको थियो ।
युक्रेनी अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले आणविक ऊर्जा केन्द्रमाथि रुसी सेनाले नियन्त्रण गरेको उल्लेख गरेको छ ।
युक्रेनको आपत्कालिन सेवाका अधिकारीलाई सुरुमा आगलागी भएको स्थानमा जान दिइएको थिएन । पछि उनीहरुलाई प्रवेश दिएपछि आगो नियन्त्रणमा आएको थियो ।
घटनामा कोही पनि हताहता नभएको युक्रेनको आपत्कालिन सेवाले जनाएको छ ।
आगलागी भएपछि युक्रेनका राष्ट्रपति वोलोदोमीर जेनन्स्कीले ट्वीटर मार्फत रुसले प्लान्टमा आक्रमण गरेको जनाएका थिए ।
यसलाई युरोपकै सबैभन्दा ठुलो आणविक ऊर्जा केन्द्र भनिएको छ ।




