विचार

पल शाह र समिक्षा काण्ड : याैन हिंसाकाे वैज्ञानिक तथ्य

हुन त मलाई बेला-बेला लेखेर के उपती लाऊँछस् भन्ने सम्मका कुरा भनिन्छ तर भर्खरै एक नायक भनाऊँदाले एक बालिकामाथि गरेको ब्यबहार देखेर यति लेख्नै कर लाग्यो। धेरैले घोर बिरोध गरेको देखियो, कसैले अप्रतक्ष रुपमा केटाको बचाउ गरेको जस्तो देखियो भने कति ले त ती बालिकालाई समेत दोष लगाएको देखियो। कुरा मिल्दासम्म सबै ठिक थियो, कुरा नमिलेपछि यस्तो भो भन्ने जस्तो आपत्तीजनक कुरा समेत भने। कोहीलाई ती बालिकाको भन्दा उनको करियरको माया लाग्यो। खास कुरा के हो भने कुनै उमेर नपुगेको ब्यक्तिले “तँ र म शारीरिक सम्बन्ध राखौँ” भने पनि त्यो अपराधिक गतिबिधी हो। यहाँ consent को कुरै हुन्न। अमेरिकामा FBI agent हरु underage बनेर बसेका हुन्छन्, online. म underage हुँ भन्दा पनि, शारिरीक सम्बन्ध राख्ने बिचारले कुनै ठाऊँमा कसैले भेट्ने प्रस्ताव राख्यो र त्यहाँ त्यो ब्यक्ति गयो भने, सिधै त्यहीबाट पक्राउ पर्छ। शारिरीक सम्पर्क राख्नै पर्दैन, intention काफि हुन्छ, पक्राउ पर्न। किन यस्तो कडा कानून बनाईयो त ? यसको पछाडी ठूलो वैज्ञानिक कारण छ। त्यो सबैले बुझ्न जरुरी छ। तर, कसैले पनि त्यसको चर्चा नगरेकोले मैले यो लहरो लेखें। अब brain development तिर लागौँ। खास कुरा के हो भने, कुनै पनि ब्यक्ति शारिरीक रुपमा बिकसित हुँदैमा मानसिक रुपमा शारिरीक सम्पर्क राख्न तयार हुन्नन्। स्तन बढ्दैमा अथवा यौनाँगको बिकास हुँदैमा शारिरीक सम्पर्कको लागी तयार हुने हैन। हामीले बुझ्नुपर्ने के हो भने, मान्छेहरु २० वर्ष पुग्दासम्म पनि brain develop भै रहेको हुन्छ। Teenagers र adult को दिमाग नै
फरक हुन्छ। दिमागको रुपमा उनीहरु छुट्टै प्राणी जस्तै हुन्। पहिला-पहिला के सोचिन्थ्यो भने, बालकहरु ७-८ वर्ष पुगेपछि दिमाग विकास भै सकेको हुन्छ। तर, आजभोलि MRI दिमागको चित्र खिच्न वा fMRI कुन काम गर्दा दिमागको कुन भागले काम गर्छ, ले के देखायो भन्दा मान्छेको दिमाग २० वर्षसम्म पनि विकास भै रहेको हुन्छ। यहाँ अब दिमागका २ भागका कुरा गर्नु पर्छः prefrontal cortex र amygdala। बयस्कको दिमागमा prefrontal cortex को पुरै विकास भैसकेको हुन्छ। यो भाग सँसारमा सबै प्राणीहरु मध्य मान्छेमा सबैभन्दा बिकसित हुन्छ। यो भागको काम भनेको reasoning गर्ने, planning गर्ने, के गर्दा के हुन सक्छ भनेर analysis गर्ने, दिमागको सबैभन्दा rational गर्ने भाग हो। यो भागले राम्रोसँग सोचेर सबै कुराको नाफा धाटा हेर्छ। यसलाई दिमागको CEO समेत भन्छन्। तर, हाम्रो दिमागका सबैभन्दा अन्तिममा विकास हुने भाग भनेको यही हो। २०-२५ वर्ष सम्म पनि यो विकास भै रहेको हुन्छ। तर, teenage मा यो भागको विकास पुरा भएको हुन्न। त्यही हो हामीले बुझ्नु पर्ने कुरा। शरीर ठुलो होला teenager को तर उनीहरुको राम्रोसँग reasoning गर्ने, यो गरेमा मलाई भोली हानी हुन सक्छ भनेर सोच्ने दिमाग नै विकास भएको हुन्न। उनीहरुको दिमाग amygdala ले कन्ट्रोल गरेको हुन्छ। Amygdala emotion को केन्द्र हो, reasoning को हैन। त्यसैले teenagers हरु emotional हुन्छन्, rational हुन्नन्। यही हामीले बुझ्नु पर्ने हो। के गर्दा ठिक/बेठीक हुन्छ भनेर long-term consequences हेर्दैनन्, किनभने त्यो हेर्ने prefrontal cortex विकास नै भएको हुन्न। जब बच्चाबाट teenagers मा बच्चाहरु जान्छन्, sex hormones हरु उत्पादन हुन थाल्छ, तब, यौनाँग को साथै amygdala को विकास हुन्छ। यसले बच्चालाई emotional साथै, अल्लि रिसाउने, रिस्क लिन खोज्ने, परिवार भन्दा साथीसँग घुलमील हुने अनि अरुको validation खोज्ने बानीको विकास गर्छ। साथै यो बेला पछिको कुरा नसोचेर Short term pleasure मा खुशी हुने प्रकृतीको पनि विकास हुन्छ। यो सबै parents ले बुझ्नु पर्छ। यही समयमा हो हाम्रा बच्चाहरु यौन पिचासु देखि रक्सि, चुरोटको लतमा लाग्न सक्ने, किनभने amygdala ले short term validation र खुशी मात्र हेर्छ। मान्छेलाई मान्छे जस्तो बनाउने prefrontal cortex को विकास नै भएको हुन्न। अरुको validation पाउन आफैलाई हानी पुग्ने काम गर्न पछि पर्दैनन्। यो अहिले भएको केसमा पनि कुरा त्यही हो। ती बालीकाको दिमाग नै पुरै विकास भै सकेको छैन। उनको दिमागले validation खोज्यो, त्यही कुराको exploitation गर्यो त्यो नायक भनाऊँदो ले। जुन मान्छेको यो उमेरमा long term reasoning को दिमाग नै विकास भएको हुन्न, consent को कुरा गरेर हुन्छरु यो कुरा ती गायीका को मात्र हैन, जसका teenage बच्चा छन्, सबैको कुरा हो। यौनको कुरा मात्र हैन, अरु कुलत र कु-सँगत को कुरा पनि हो। हामीले teenage दिमाग छुट्टै हुन्छ भनेर बुझ्नु पर्छ। जब teenage बाट २०-२१ वर्ष पुग्न थाल्छन्, अनि prefrontal cortex पुरै विकास हुन्छ अनि यो भागले amydgala बाट काम आफू लिन्छ अनि बल्ल मान्छे पुर्ण रुपमा मान्छे हुन्छ। अब तपाईहरुलाई लाग्ला, त्यस्तो हानी पुग्न सक्ने amygdala को नियन्त्रणमा हाम्रो teenagers को दिमागलाई किन दियो होला प्रकृतीले। हो, यही प्रश्नमा समाजको देनको कुरा आऊँछ। जब हामी बच्चा हुन्छौँ, पुरै आमा-बा मा भर पर्छौ। पुरै बयस्क भएपछि सबैकुराको नाफा-नोक्सान हेर्छौँ। तर, प्रकृतीले teenage को ब्यबहार भनेको risk लिने, स्वतन्त्र हुने, नयाँ-नयाँ कुरा सिक्न नडराउने भनेर बनाएको हो। त्यसैले हाम्रा teenagers धाँडो हैनन्। यो त राम्रोसँग हेरचाह गरेभने धेरै कुरा सिक्ने opportunity हो। तर, राम्रोसँग हेरचाह नभए, नराम्रो कुरा सिक्ने भए, यही बेला परिवार, नातेदार, अनि समाजको ठूलो देन हुन्छ। हाम्रो समाजमा teenagers कलिलो माटो भन्छन्, वैज्ञानिक रुपमा ठ्याक्कै त्यही हो।हामीले उनीहरु प्रति गरिने व्यबहार ले नै उनीहरु कस्तो बन्छन् भन्ने कुराको निर्धारण हुन्छ। ती गायीकाको दिमागमा कति असर परेको होला। सकेसम्म त उनको नाम अनि फोटो नै बाहिर निस्किनु हुन्थेन। त्यो ठुलो गल्ती भयो। उनले त्यो भिडियो मा धेरै कुरा भनेकि छिन्। उनको exploitation भयो। मानसिक रुपमा उनी बच्चै हुन्। उनलाई बचाउने त हाम्रो समाजको कर्तब्य हो। जुन समाजले आफ्नो बच्चालाई underage sex बाट बचाउन सक्दैन, र भै हाले पनि दोषीलाई अनुसन्धान गरेर कार्वाही गर्ने सक्दैन, त्यो समाजले अरु फुई नगरे हुन्छ। म पनि एउटा छोरीको बुवा हो र यो कुराले साँच्चै मेरो मन छोयो।मलाई कानून आऊँदैन, तर वैज्ञानिक तथ्यको आधार र neuroscience को आधारमा ती बालीकालाई नकारात्मक कुराबाट बचाएर यो कुराको अनुसन्धान हुनै पर्छ। फेरि पनि भने, कोही teenager शारिरिक रुपमा ठूलो हुँदैमा, ऊ मानसिक रुपमा विकास भएको हुन्न। तिनीहरुलाई बचाउने तपाई-हाम्रो काम हो।अँग्रेजीमा भनाई छ -It takes a village to raise a child. यो हाम्रो सामाजिक दायित्व हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *