रिबन

आज पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना, अन्य भूभागकाे माैसम कस्ताे छ ?

काठमाडाैं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १,बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको आँकलन पनि गरिएकाे छ ।

राति प्रदेश १, कर्णाली प्रदेश र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

बिहीबार पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन महाशाखाले गरेकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *