किभ।रूस र युक्रेनबीच वार्ताको बाटो खुलेको देखिन्छ। रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले आइतबार बेलारूसमा युक्रेनसँग वार्ता गर्न तयार रहेको बताएको छ।
रूसी सेना युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा प्रवेश गरेको छ, जहाँ सामान्य युक्रेनी नागरिकले रूसी सैन्य गाडीमा आगो लगाएका छन्। सञ्चारमाध्यमका अनुसार रूसी प्रतिनिधिमण्डल युक्रेनी अधिकारीहरूसँग वार्ताका लागि बेलारूसको होमल शहर पुगेको छ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘रूसी प्रतिनिधिमण्डल वार्ताका लागि तयार छ र अब हामी युक्रेनीहरूलाई पर्खिरहेका छौं।’
जवाफमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू रूससँग वार्ता गर्न इच्छुक भएको बताएका छन् तर उनले छिमेकी बेलारूसमा वार्ता गर्न नसकिने बताएका छन्। रूसले आफूमाथि आक्रमण गर्नका लागि बेलारूसमा तयारी गरेको भन्दै युक्रेन असहमत भएको हो।
जेलेन्स्कीद्वारा अन्य ठाउँ प्रस्ताव
जेलेन्स्कीले अनलाइन सम्बोधन गर्दै भने‚ ‘हामीले वार्सा, ब्रातिस्लाभा, बुडापेस्ट, इस्तानबुल, बाकु प्रस्ताव गरेका छौं।’
बेलारूसका पूर्वी र उत्तर-पूर्वी सीमाहरू रूससँग र दक्षिणी सीमा युक्रेनसँग जोडिएका छन्। एक दिनअघि युक्रेनले रूससँग वार्ता गर्न अस्वीकार गरेका समाचार थिए।
पेस्कोभले आफ्नो बयानमा युक्रेनी पक्ष वार्ताका लागि तयार नभएको बताएका थिए। रूसी सेना आइतबार खार्किभमा प्रवेश गरेको छ।
सामाजिक सञ्जालमा फैलिएका भिडियोमा धेरै रूसी सैन्य वाहन खार्किभको सडकमा देख्न सकिन्छ। खार्किभमा दुवै सेनाबीच भीषण युद्ध चलिरहेको छ। युक्रेनका सर्वसाधारणले रूसी सेनाको गाडीमा आगजनी गरेको दाबी गरिएको छ।
भमा कर्फ्यू सोमबारसम्म लम्ब्याइएको छ। किभका मेयरले कर्फ्यु कडा पार्दै यसलाई उल्लङ्घन गर्नेलाई देशको ‘गद्दार’ मानिने बताएका छन्।
आज बिहान युक्रेनले रूसी सेनाले खार्किभमा रहेको ग्यास पाइपलाइनमा विस्फोट गराएको दाबी गरेको छ।




