रिबन

एमसीसी सम्झौता नेपालको विकासको पक्षमा छ -महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी सम्झौता नेपालको विकासको पक्षमा रहेको बताएका छन् ।

प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै ठाकुरले आफ्नो पार्टी एमसीसी सम्झौताको पक्षमा रहेको स्पष्ट पारेका हुन् । उनले नेपालको विकास निर्माणका लागि एमसीसी सम्झौता आवश्यक रहेको बताए ।

नेपालको ट्रान्समिसन लाइनदेखि सडक निर्माणसम्ममा खर्च गर्नेगरी आउन लागेको अनुदान स्वीकार्नुपर्ने भन्दै उनले नेपालको बौद्धिक सम्पत्ति पनि नेपालकै हुने दाबी गरे ।

ठाकुरले एमसीसी सम्झौतामार्फत आउन लागेको अनुदान नेपालकै पहलमा आएको बताए । उनले सबै प्रक्रिया पूरा गरी एमसीसी सम्झाैता भएकाे दाबी गर्दै यसबाट देशकाे विकास हुने पनि बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *