सम्पादकीय

कांग्रेसजन छाडिदेउ गठवन्धन–अघि बढ

नेपाली राजनीति अहिले हदैसम्मको वेइमानी प्रदर्शन गरेर बसिरहेको छ । सत्तामा रहेको नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी यो हदको प्रहशन प्रदर्शन गरेका छन कि अब उनीहरुलाई हेरेर नेपाली राजनीति कतिसम्म गिर्न सक्दो रहेछ भन्ने वुझन सकिन्छ । हद दर्जाको प्रहशन भइरहेको छ ।


संसदमा एमसीसी टेवल भएको छ । तर,यस वारेमा सामान्य बहश पनि हुन सकेको छैन । यो बहश खुल्ला गर्ने हो भने सदनले यसलाई कि पास गर्नेछ कि फेल । तर,सदनमा रोक्न सकिन्न भन्ने आत्मविश्वास गुमाएका माओवादी र समाजवादीले सदनमा विषय प्रवेश गर्न दिएका छैनन भने सडकमा आफनै कार्यकर्ता उतारेर एमसीसीको विरोध मात्र गराएका छैनन,टायर बालेका छन,सडक पेटीका टायल उप्काएका छन र नेपाल टेलिकमले ५ करोड खर्च गरेर हुर्काएको सडकको वोटविरुवा भाचेर ध्वस्त पारेका छन । अर्थात रावणको वगैंचामा हनुमान पसेको जस्तो भएको छ । आखिर यो सव किन ? कसका लागि ?

२०६८ साल देखि जति पनि सरकार बनेका छन ती सरकारले एमसिसीलाई कुनै न कुनै रुपमा अघि बढाएका छन । अमेरिकासँग भएको यो सम्झौता ऋण् होइन,अनुदान हो । चीन वा जापान जस्तो सफट लोन पनि होइन र यो काम गर्नको लागि अनन्त समय लिइने पनि होइन । जम्मा पाँच बर्षमा यो काम सक्नुपर्छ तर यति सरल प्रोजेक्टलाई नेपालका वाम र राजभक्त भनिने समहुले यति जटिल बनाइदिए कि आज यो सडक प्रहशनको विषय बनेको छ । आम मानिसलाई एमसिसी पास भएमा अमेरिकी सेना तुरुन्तै आउछ भन्ने भ्रम छ । यो भ्रम चिर्न नसकेर नेपाली कांग्रेस सहितका दल हैरान छन भने यहि भ्रम सिर्जना गरेका वाम दल यसबाट वाहिर निस्किए तिनै कार्यकर्ताले दाउराको चिर्पटले हान्छन चुनावमा भनेर भयभित छन ।


भनिन्छ–संकटमा नेता जन्मिन्छ र सुविधामा अभिनेता जन्मिन्छ । नेपाल यतिवेला संकटमा छ तर यहाँ नेता जन्मिएका छैनन । सबका सब अभिनय गरिरहेका छन । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस समय छउञ्जेल मुखमा मुडकीले हानेर बस्यो । आज शीर्ष वैठकमा नछुटाइकन महामन्त्री गगन थापा बसिरहेका छन र उनी एमसिसी पास गर्दा गठवन्धन टुटछ भने टुटोस भन्न थालेका छन तर हिजो तिनै थापा कहाँ थिए ? वामहरुले आम जनताको कानमा यसरी विष घोलिरहदा एमसिसी यति हल्ला गरे जस्तो घातक अनुदान होइन भन्न नसक्नुले नै आजको परिस्थिति जन्मियो ।


यतिवेला सत्ता गठवन्धनमा सामान्य इमान्दारीता पनि छैन । सरकारमै रहेका प्रचण्ड र माधव नेपाल अनेक तरहका वैठकमा ब्यस्त छन । खासगरि,पुष्पकमल दाहाल प्रचण्ड यस्ता शकुनी भएर निस्किएका छन जो ओलीलाई सर्वसत्तावादी भनेर १९ पेजसम्म गाली गरेर पनि नथाकेर नेकपा नै फुटाइदिए । अहिले उनैलाई भेटेर अब तपाई प्रधानमन्त्री भन्न पुगिसके । राजनीतिमा इमान,इज्जत नभएपछि यो हदको गैरजिम्मेवार राजनीति हुन्छ । उनी खासमा राजनीतिज्ञ नभइ जुवाडे जस्तो भएका छन । जसरी पनि खालमा बस्नै पर्ने र जित्नैपर्ने ।


प्रचण्डको तिव्र लालसा अहिले माधव नेपाल सहित उपेन्द्र यादवलाई जोडेर एउटा पार्टी बनाउने र यसको अध्यक्ष आफू हुने छ । तर माधव नेपालसँग भएका सचेत नेता यसो गर्न तयार छैनन । अनि,उनी समानान्तर रुपमा केपी ओलीसँग पनि खेल्ने बाटो खोज्दैछन । अर्थात,अन्त्यमा केहीसिप नलागे एमाले गएर बस्ने उनको दाउ छ । र,यसो गर्दा सत्ता गठवन्धन भाडिए भाडियोस भन्ने उनको धारणा देखिन्छ । तर,पाँच वर्ष अघि देउवाको काखमा बसेका प्रचण्डले जसरी काख फेरेर चुनावमा ओलीसँग मिले र कांग्रेस खत्तम पारे यसपटक पनि देउवा मौन बस्लान ? सहेर बस्लान ? वा बदला लेलान ? यसैले त कांग्रेस यसपटक दुई वटा दाउमा देखिन्छ । एक,सत्ता जोगाउने बरु प्रचण्ड माधवलाई गठवन्धनबाट फाल्ने । दुइ,एमसीसी पास गर्ने । र,बुझ्न सकिन्छ-एमाले पनि यसमा सहमत भएको कुरा ।


रुस युक्रेनको युद्ध,एमसीसीमा चीनको अनावश्यक हस्तक्षेप र नेपालका वाम दलको वांगा कुरा नवुझिएको कुरा होइन तर के राजनीति यति मात्र हो ? यसरी मात्र सरल रेखामा कुदछ ? के यसको अर्को पाटो छैन ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *