१,
एकान्तमा बस्दा उनकै यादले सताउँछ
उनीसँगको भेटमा मेरो मन रमाउँछ
मायाप्रेम बस्नलाई मुटु त जोडिनै पर्छ
जीवन उनी बिना भूतले जस्तै तर्साउँछ ।
२,
आफ्नै सम्झी विश्वासमा दिल दिए तिमीलाई
सुख बिर्सी दु:ख रोज्दै सबै दिए तिमीलाई
मेरो सोझोपनको फाइदा उठिहाल्यो होला
आफैलाई बिर्सदै यो मन दिए तिमीलाई ।
३,
आफन्त नजिँकिदा सुखदुःख साँटासाँट
खुशीले मस्त हुँदा मनपनि चङ्गासरी
सबैले बुज्नुपर्दछ मिलिजुली बसेमा ।
४,
चरित्र माथि शङ्का ढाकछोप गर्दैबस्दा
बेज्जत पचाउँदै ठुलो स्वर गर्दै हिंड्दा
एक्लिदै समाजदेखि पश्चाताप खसेछ ।
५,
सम्बन्धै तोडेपछि देखा पर्नु ब्यर्थ हुन्छ
नगरौ रिसराग आफ्नो सुर आफै गरौ
नदिको दुई किनारा तिमी पारी म वारि ।
६,
बौद्धिक नाममात्र आँखा चिम्ली बसेपछि
चरित्र हटाएर सबैबाट तिरष्कृत
समाज बिग्रर्न खोज्दा कस्को गर्ने भरोसा ।




