रिबन

नेटाेले युक्रेनमा सेना नपठाउने,रुसलाइ हमला राेक्न आग्रह

उत्तर एटलान्टिक सन्धी संगठन,नेटोले युक्रेनभित्र सेना नपठाउने भएको छ । नेटोका महासचिवका अनुसार नेटोले आफ्ना सेनाहरु युक्रेनका पूर्वी भू-भागका दुई सहरमा पठाउन सक्ने तर युक्रेनभित्र नै सेना नपठाउने निर्णय गरेको वताएका छन।

बिहीबार बसेको नेटोको आपतकालीन बैठकमा सो निर्णय भएको नेटोका महासचिव जेन्स स्टोल्टबर्गले जानकारी दिएका छन । साथै सो बैठकले रुसलाई युक्रेनमाथिको आक्रमण तुरुन्त रोक्न र रुसी सेना फिर्ता गर्न पनि आग्रह गरेको छ । सो बैठकपछि भनिएको छ– हामीले रुसलाई युक्रेनमाथिको सैन्य हमला तत्कालै रोक्न भनेका छौँ र यसरी सैनिक आक्रमणबाट नभएर कूटनीतिक माध्यमबाट यसको समाधानका लागि तयार हुन हामीले भनेका छौँ ।

तर रुसले भने विहिवार देखि लगातार हमला गरिरहेकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *