विश्व

विश्व युक्रेनका जनताको साथमा छ, क्षतिको जिम्मेवार रुस : बाइडेन

काठमाडौं । युक्रेनविरुद्ध युद्ध घोषणा गरेको रुसले त्यसबाट हुने क्षतिको जिम्मेवार रुस आफै हुने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन्। उनले रुसमाथि थप नाकाबन्दी लगाउन धम्की दिए।

रुसले युक्रेनमाथि औपचारिक युद्धको घोषणा गरेको केही मिनेटमै जवाफ दिँदै ह्वाइट हाउसद्वारा जारी विज्ञप्तीमा युक्रेन आक्रमणबाट हुने क्षतिको पूर्ण जिम्मेवार रुस हुने चेतावनी दिएका हुन्। उनले नाटोसँग छलफल गरेर रुसमा कडा भन्दा कडा प्रतिबन्ध लगाउने चेतावनी दिए।

उनले यस्तो अवस्थामा अमेरिका र साझेदार देशलाई एकजुट हुन आग्रह गरेका छन्। उनले विश्व नै युक्रेनका जनताकाे साथ रहेको उल्लेख गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *