रिबन

एमसीसीबारे फेरी बोल्यो चीन, उपहारमा अल्टिमेटम दिएको प्रतिक्रिया

काठमाडौं । अमेरिकाले एमसीसीमार्फत् नेपाललाई दिन लागेको रकमबारे चीनले फेरी चासो व्यक्त गरेको छ । चीनले नेपाल र एमसीसीसँगको सम्झौतालाई ‘पान्डोराज बक्स’सँग तुलना गर्दै उपहार नभएको बताएको हो ।

पत्रकारले सोधेको प्रश्नमा चिनिया विदेश मन्त्रालयकी प्रवक्ताले नेपालले एमसीसी संसद्बाट पारित नगरेमा अमेरिकाले द्विपक्षीय सम्बन्धमा असर पर्ने बताएको भन्दै एमसीसी उपहार भएकोमा आशंका व्यक्त गरिन् ।

नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी नागरिककातर्फबाट नेपालीलाई ५० करोड अमेरिकी डलरको उपहार भनेको भएपनि उपहारमा अल्टिमेटमको प्याकेज आएको देखेर अचम्म लागेको प्रवक्ताले बताएकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *