रिबन

सभामुख सापकोटा र माओवादी अध्यक्ष प्रचण्डबिच भेटवार्ता

काठमाडौं । एमसीसीका बारेमा संसदमा सैद्धान्तिक छलफल हुने पूर्वसन्ध्यामा सभामुख अग्नि सापकोटा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच भेटवार्ता भएको छ ।

सभामुख सापकोटालाई भेट्नका लागि अध्यक्ष प्रचण्डले नेता नारायण्काजी श्रेष्ठलाई समेत लिएर सभामुखको सरकारी निवास लैनचौर पुगेका हुन् ।

नेकपा माओवादी केन्द्रले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । माओवादीभित्र समेत एमसीसीको खरो आलोचकका रुपमा रहेका नेता नारायणकाजी श्रेष्ठलाई समेत लिएर सभामुख भेट्नु अर्थपुर्ण रुपमा हेरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *