रिबन

अहिले युक्रेन नजान परराष्ट्र मन्त्रालयको आग्रह

काठमाडौँ । परराष्ट्र मन्त्रालयले पछिल्लो समय रूससँग तनाव बढिरहेको युक्रेन भ्रमण नगर्न भनेको छ ।बुधबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई उपलब्ध हवाई उडानको प्रयोग गरी स्वदेश फर्कनसमेत अनुरोध गरेको छ ।

मन्त्रालयले अहिलेसम्म युक्रेनमा रहेका ३८ नेपाली नागरिक सम्पर्कमा आएको र उनीहरू सुरक्षित रहेको बताएको छ । साथै युक्रेनमा रहेका नेपाली नागरिकले आवश्यक परे नेपाली राजदूतावास, बर्लिनमा सम्पर्क गर्न भनिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *