काठमाण्डौं । पार्टीलाइ जानकारी नै नदिइ सदनमा बोलेपछि दवावमा परेका एमाले नेता भीम रावलले मनको पिडा पोखेका छन । उनले सदनमा वोलेकै भरमा स्पष्टिकरण सोध्ने कुरा सम्भव नभएको वताएका छन ।
नेता रावलले राष्ट्रिय हितको वारेमा संसदमा वोल्दा स्पष्टिकरण सोध्ने हो भने त्यो कसरी कम्युनिष्ट पार्टी हुन्छ भनेर सवाल खडा गरेका छन । उनले एमसिसिको वारेमा सदनमा टेवल गर्नै हुन्न भनेर वोलेका थिए ।
नेता रावलले यहि कुरा पुष्पलाल र मदनले सुनेको भए के हुन्थ्यो भनेर सवाल गरेका छन । उनको भनाइ छ–जननिर्वाचित सांसदले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा र वाह्य हस्तक्षेप विरूद्ध बोल्दा कम्युनिष्ट पार्टीले ‘स्पष्टीकरण सोध्नु पर्छ’ भन्ने कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो ? के अब देशभक्तिको स्वरलाई दवाएर देशको अस्मिता समाप्त गर्ने खेल पार्टीमा शुरू भएको हो ?




