रिबन

दोस्रो पटक विश्वकप खेल्ने लक्ष्यका साथ आज युएईसँग खेल्दै नेपाल

काठमाडौं । दोस्रोपटक टि–२० विश्वकपमा स्थान बनाउनका लागि नेपालले आज तुलनात्मक रुपमा वलियो टिम युएईसँग खेल्दैछ । खेल आज दिउँसो नेपाली समयअनुसार ३ः४५ मा शुरु हुनेछ ।

सोमबार भएको खेलमा क्यानडालाई ८२ रनमा समेट्न सफल भएको नेपाली राष्ट्रिय क्रिकेट टिमले जारी विश्वकप क्वालिफायरअन्तर्गत भएका सबै खेल जितेर समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

विश्वकपका लागि एक खुड्किलो मात्रै बाँकी रहेको नेपाल चिरपरिचित प्रतिद्वन्दी युएइसँग अघिल्लो साता भएको चारदीवसीय सिरिजमा भने पराजित भएको थियो । नेपालको अहिले समेत वलिङ उत्कृष्ट देखिएपनि व्याटिङलाइनमा सुधार आउन सकेको छैन ।
फिलिपिन्ससँग खेल्दा चम्केका नेपाली युवा क्रिकेटर कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरीको प्रदर्शन सम्झनलायक रहेको भएपनि मंगलबार टिममा बलर धेरै हुने आंकलन गरिएको छ । किनकि यसअघिको चारदीवसीय सिरिजमा युएईसँग खेल्दा नेपाली कप्तान सन्दिप लामिछानेले आठ जना बलर प्रयोग गरेका थिए । तर तीन जनाले मात्र विकेट लिन सफल भएका थिए ।

युएईको व्याटिङ उत्कृष्ट देखिएपनि तुलनात्मक रुपमा वलिङ भने नेपालको तुलनामा कमजोर देखिएको छ । अनुभवी व्याट्सम्यान शरद भेषवाकरलाई टिमबाट झिकेर कुशल भुर्तेल, गुल्सा झाहरुलाई प्रयोग गरेका कप्तान लामिछानेको मंगलबारको रणनीतिसँग पिचले समेत मंगलबारको खेलमा प्रभाव पार्नसक्ने देखिएको छ ।
यसअघि सन् २०१४ मा टि–२० विश्वकप छनौट खेलेको भएपनि असफल भएको नेपाली टोलीले ८ वर्षपछि दोस्रोपटक विश्वकपका लागि छनौट खेल खेलिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *