रिबन

टि–२० विश्वकप क्रिकेटको मुखैमा पुगेको नेपाल मंगलबार युएईसँग खेल्दै , कुन टिम कस्तो ?

काठमाडौं । दोस्रोपटक टि–२० विश्वकपमा स्थान बनाउनका लागि नेपालले मंगलबार तुलनात्मक रुपमा वलियो टिम युएईसँग खेल्दैछ । खेल मंगलबार दिउँसो नेपाली समयअनुसार ३ः४५ मा शुरु हुनेछ ।

यसअघि सन् २०१४ मा टि–२० विश्वकप छनौट खेलेको भएपनि असफल भएको नेपाली टोलीले ८ वर्षपछि दोस्रोपटक विश्वकपका लागि छनौट खेल खेलिरहेको छ । क्यानडालाई ८२ रनमा समेट्न सफल भएको नेपाली राष्ट्रिय क्रिकेट टिमले जारी विश्वकप क्वालिफायरअन्तर्गत भएका सबै खेल जितेर समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

विश्वकपका लागि एक खुड्किलो मात्रै बाँकी रहेको नेपाल चिरपरिचित प्रतिद्वन्दी युएइसँग अघिल्लो साता भएको चारदीवसीय सिरिजमा भने पराजित भएको थियो । जारी खेलमा फिलिपिन्सविरुद्ध विस्फोट व्याटिङ गरेको नेपालले तिन विकेट गुमाएर २१८ रनको बिशाल लक्ष्य बनाएको थियो ।

क्वालिफायर खेल्नुअघि ओमनमै भएको चारदेशीय सिरिजमा नेपालसँग भएको खेलमा युएईले एक सय ९२ रनको लक्ष्य दिएको थियो । जुन लक्ष्य पछ्याएको नेपालले १६७ रन मात्रै बनाउन सकेको थियो ।

नेपालको अहिले समेत वलिङ उत्कृष्ट देखिएपनि व्याटिङलाइनमा सुधार आउन सकेको छैन । फिलिपिन्ससँग खेल्दा चम्केका नेपाली युवा क्रिकेटर कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरीको प्रदर्शन सम्झनलायक रहेको भएपनि मंगलबार टिममा बलर धेरै हुने आंकलन गरिएको छ । किनकि यसअघिको चारदीवसीय सिरिजमा युएईसँग खेल्दा नेपाली कप्तान सन्दिप लामिछानेले आठ जना बलर प्रयोग गरेका थिए । तर तीन जनाले मात्र विकेट लिन सफल भएका थिए ।

युएईको व्याटिङ उत्कृष्ट देखिएपनि तुलनात्मक रुपमा वलिङ भने नेपालको तुलनामा कमजोर देखिएको छ । अनुभवी व्याट्सम्यान शरद भेषवाकरलाई टिमबाट झिकेर कुशल भुर्तेल, गुल्सा झाहरुलाई प्रयोग गरेका कप्तान लामिछानेको मंगलबारको रणनीतिसँग पिचले समेत मंगलबारको खेलमा प्रभाव पार्नसक्ने देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *