रिबन

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

काठमाडौं। नेकपा एस (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । 

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यलयमा केहिवेर अघि बैठक सुरु भएको पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल भइसकेपछिको परिस्थितिबारे छलफल हुंदैछ । 

नेकपा एसभित्र एमसीसीलाई समर्थन गर्ने नगर्नेबारे बिबाद चर्केको छ । अध्यक्ष माधव कुमार नेपाल एमसीसीको पक्षमा छन् भने सम्मानित नेता झलनाथ खनालले टेबुल भएकोमा बिरोध जनाउँदै आएका छन् । 

अध्यक्ष नेपाल पक्षले एमसीसी परिमार्जनको अडानसहित सदनमा टेबुल गर्न सरकारलाई सैद्धान्तिक सहयोग गरेको बताएको छ ।  

अव परिमार्जनको बिषय सदनमा उठाउने शहरी विकास मन्त्री समेत रहेकी नेकपा एसकी नेतृ रामकुमारी झाक्रीले बताइन् । 

आजको बैठकमा एमसीसीको सम्बन्धमा संसदमा अपनाइने रणनीतिका विषयमा छलफल हुने नेकपा एसकी नेतृ पार्वती कुमारी विशुन्खेले जानकारी दिइन् । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *