रिबन

प्रचण्ड र अेालीकाे लिंग कुन हाे ?

काठमाण्डाैं । जब माधव र प्रचण्डले नेकपा त्यागे तब नेकपा एमालेका अध्यक्ष केपी अेालीले एमालेकाे लिंग देख्याै ? भनेर डंका पिटे।उनका समर्थकले त वातै पिच्छे अब लिंग पहिचान भएन भन्नेलाइ देखाउँछाैं भने ।तर,तिन वर्ष सरकार चलाउदा अर्थमन्त्रालय सम्हालेका युवराज खतिवडाले मन्त्रीपरिषदबाटै एमसिसि सदनमा टेवल गर्न पारित गराएकाे,यसकाे करिव ४ अर्ब रूपैया बजेट हालेर खर्च गरेकाे पत्ताे पाएका नेपाली जनताले एमसिसि टेवल हुनेवेलामा भने नारावाजी गरेर रमिता गरेकाे एमालेलाइ दिनभर प्रश्न गरे-एमाले तिम्राे लिंग पहिचान भएन।

कुरा यति मात्र हाेइन,जब एमाले सरकारमा थियाे-तब स्वयम तत्कालिन प्रधानमन्त्री केपी अेाली,अर्थमन्त्री डा.युवराज खतिवडा,प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल लगायतका नेताले एमसिसिमा कुनै खरावी नभएकाे वताउदै यसलाइ पारित गर्नुकाे विकल्प नभएकाे वताएका थिए।तर,अहिले ठिक यसकाे विपरित वाटाे किन समाइरहेका छन ?

एमालेकाे लिंग खुलेन भन्ने माअेावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे हालत पनि यहि भयाे।उनले झन यति सस्ताे प्रहशन प्रस्तुत गरेका छन कि अब प्रचण्ड भन्ने नेताकाे ब्राण्ड भ्यालु घटेर कुहिएकाे टमाटर जस्ताे भएकाे छ।उनका अति निकटका नेता अग्नि सापकाेटा-जाे अहिले सभामुख छन,उनले वारम्वार म एमसिसि टेवल गर्न दिन्न भनेका थिए।उनले यसलाइ सकेसम्म राेकेर पनि राखे।तर,अाइतवार याे टेवल भयाे।के प्रचण्डकाे सहमति विना उनले यसलाइ टेवल गर्न अनुमति दिए ? सत्ता गठवन्धनकाे वैठकमा एमसिसि टेवल गर्ने सहमति भयाे,यसपछि वसेकाे संसदकाे कार्यब्यवस्था समितिकाे वैठकले यसलाइ कार्यसुचीमा राख्याे र टेवल भयाे तर के प्रचण्डकाे सहमति विना याे सवै काम भयाे ?

सडकमा पार्टी कार्यकर्ता उतार्ने,दलिय वैठकमा सहमति जनाउने र वाहिर दमन भयाे भन्दै वक्तब्य निकाल्ने जुन काम प्रचण्डले गरे,यसबाट उनले केही साेझा कार्यकर्तालाइ झुक्याउन त सक्लान तर राजनीतिकाे कखरा वुझेका मानिसले कसरी यसलाइ पत्याउलान ? यति सस्ताे,यति नक्कली र यति कम टिकाउ हुने कुरा गरेर उनले वान म्यान साे जस्ताे गरि चलाइरहेकाे माअेावादी केन्द्र कतिञ्जेल चल्ला ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *