समाचार

एमसीसी टेवल गर्न किन ‘यु–टर्न’ भयो नेकपा एकीकृत समाजवादी ?

काठमाडौं । एमसीसीको विपक्षमा रहेको नेकपा एकीकृत समाजवादी चीनिया विदेशमन्त्रालयको एमसीसीका नाममा आएको वक्तव्यपछि टेवल गर्ने सहमतिमा पुगेको खुलासा भएको छ ।

नेकपा एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार शनिबार बसेको स्थायी कमिटिको बैठकमा चीनिया विदेशमन्त्रीको भनाइृका बारेमा समेत छलफल भएको थियो । चीनले एमसीसी रोक्न खोजेको अमेरिकी बुझाइ रहेका बेला एमसीसीकै बारेमा चीनले प्रतिक्रिया दिएपछि नेकपा एकीकृत समाजवादीले एमसीसी टेवल गर्न नदिदा चीनको दबाब पुष्टि हुने भएका कारण एमसीसी टेवल गर्ने निष्कर्षमा माधवकुमार नेपाल पुगेको ति पदाधिकारीले जानकारी दिए ।

उनले भने,‘एमसीसी चीनले रोक्न खोजेको शिर्ष नेताहरुलाई अमेरिकाले भनेका बेला हाम्रो पार्टीले एमसीसी टेवल गर्न नदिदा हामीलाई प्रो चाइनिज दलका रुपमा बुझिने खतरा देखिएपछि हामी पनि टेवल गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका हौं ।’

दुई दिनअघि चीनिया विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाले नेपालमा जबर्जस्ती कुटनीति लाद्न खोजेको टिप्पणी गरेका थिए । उनले नेपालले विदेशी दिने सहयोग लिने अधिकार रहेको भएपनि एमसीसीका बारेमा भने चीनको चासो रहेको बताएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *