काठमाण्डौं । संसदको वैठक सुरु भएको छ । दिउसो एक बजे सुरु हुने भनिएपनि वैठक २ बजे प्रारम्भ भएको छ । वैठकको सुरुवातमा नै एमालेले सदनमा अवरोध गर्दै नारावाजी जारी राखेको छ । वैठक सुरु हुने वित्तिकै माओवादी प्रमुख सचेतक देव गुरुङ्गले सदनमा सहमति गर्न माग गरेका छन । उनीपछि एमाले नेता भीम रावलले एमसिसिट टेवल नगर्न माग गरेका छन । उनले अहिलेकै अवस्थामा एमसिसि टेवल गर्नु जनताको अपमान भएको वताए । नेता प्रेम सुवालले पनि अमेरिकी धम्कीपछि एमसिसि टेवल गर्ने काम भएको भन्दै यसलाइ रोक्न माग गरेका छन ।




