राजनीति

एमसीसीमा राजावादी र कम्युनिष्ट कसरी मिले ?

काठमाण्डाैं । सामान्यत राजावादी र कम्युनिष्ट मिल्दैनन । राजावादी जन्मदै धर्म,राजा मान्दछन। उनीहरूलाई राजालाइ नै इश्वर मान्दछन तर कम्युनिष्ट यसका ठीक विपरित छन र उनीहरू भाैतिकवादी भन्दछन। घर भित्र घण्टा बजाएर पुजा गरेपनि वाहिर नास्तिक हुन मन पराउँछन। तर,एमसीसीमा भने दुवै एक भएका छन । दुवै फरक फरक मक्सद छ तर एक छन । किन ? कम्युनिष्टहरूले एमसिसिलाई मन नपराउनुकाे पछाडिकाे कारण उनीहरूले अमेरिकालाई हेर्ने शास्त्रीय चश्मा पनि हाे।उनीहरू अमेरिकालाइ साम्राज्यवादी ठान्दछन । दर्श्ननकाे हिसावले पनि उनीहरूलाइ चिनलाइ मामा ठान्दछन भने अमेरिकालाई गाउँकाे शाेषक र सामन्त।

एमसीसीमा अमेरिका र नेपाल मात्र छैन,यसमा चिन पनि छ। शुक्रवारबाट याे कुरा पटाक्षेप भइसक्याे।र,चिनलाई परम मित्र ठान्नेहरू यति कै वाेलेका छैनन,उनीहरूलाइ चिनकाे धाप रहेकाे वुझन अब कठिन रहेन। यसकारण कम्युनिष्टहरू एमसीसीकाे विराेध उत्रिए। उनीहरू नेपालकाे मायाले हाेइन,चिनकाे सिमा रक्षक भएर उभिएका हुन।

तर,राजावादी कुन खुशीमा एमसीसीकाे विपक्षमा उभिएका हुन ? दरवारकाे पुरानाे दुश्मनी हाे भारतसँग।नेपालमा अमेरिकाले भारतकै नजरबाट हेर्ने गर्दछ।राजावादी अमेरिकालाई मित्र मान्दछन किनभने राजा महेन्द्र अमेरिका जादा त्यहाँ ठुलाे स्वागत भएकाे थियाे। अमेरिका देखाएर दरवारले भारतलाइ तह लगाउने गरेकाे थियाे।तर,उनैका समर्थक राजावादी भने अहिले एमसिसिकाे विराेध गरेर सच्चा राष्ट्रवादी भएका छन।यसकाे जड कारण के हाे ?

कैयाैं वुद्धिजीविकाे भनाई के छ भने-एमसीसीकाे विराेध गर्दा नेपालकाे फेसवुके जनमत उर्लिन्छ। र,यी युवा अहिलेकाे प्रणालीकाे विरूद्धमा उत्रिन्छन। जुन कुरा गर्दा याे ब्यवस्था फाल्न वा यसलाई नष्ट गर्न मद्धत हुन्छ। यसैकारण राजावादी बल गरिरहेका छन। उनीहरू राजा हुदा विदेशी हस्तक्षेप थिएन भन्दै उनी फर्कने सुरूङ खन्दैछन भनिन्छ। तर,के कुनै दरिलाे विदेशी शक्तिकाे भराेशा नभइ उखेलिएकाे दरवार फर्किन्छ ?

यदि ब्यवस्था फाल्ने तहमा राजावादी सक्रिय भएका हुन भने फेरि कम्यनिष्टहरू उनीहरू किन वाेलीमा लाेली मिलाउदैछन ? के उनीहरूलाई पनि याे ब्यवस्था मन परेकाे छैन ? खासमा भन्ने हाे भने कम्युनिष्ट पनि संसदीय ब्यवस्था फालेर जनगणतन्त्र भन्दैछन,यसैकारण उनीहरूमा एमसिसिकाे विराेधमा छन। र,अहिले याे तहकाे मनाेरञ्जन भइरहेकाे छ।तर, के कुटनीति भनेकाे रमाइलाे गर्ने कुरा हाे ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *