समाचार

पेचिलो बन्दै एमसीसी जुटेन सहमति , आइतबार फेरि बैठक बस्ने

काठमाडौं । सत्तारुढ दलहरूको शीर्ष नेताहरूको आजको बैठक बैठक विना निष्कर्ष सकिएको छ । बैठक सुरु भएको केही समयमै सकिएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनलगायतका विषयमा निर्णायक छलफल हुने अपेक्षा गरिए पनि बैठक सुरु भएको केही समयमै फागुन ८ गते बिहान १० बजे बस्ने गरी सकिएको हो । गठबन्न्धन आवद्ध दलमा एमसीसीबारे सहमति नजुटेपछि फेरि आइतबार बस्ने गरी बैठक सकिएको हो ।

सत्ता गठबन्धनका पाँच दल नै एमसीसीमा विभाजित छन् । एमसीसी संसदमा टेबुल गर्नु पर्ने समयसिमा समाप्त हुँदै जाँदा यो विषय थप पेचिलो बन्दै गइरहेको छ ।

सत्तासीन नेपाली कांग्रेस जसरी पनि एमसीसी टेबुल गर्नुपर्ने पक्षमा छन् भने माओवादी केन्द्र र एकीकृत समाजवादी, जनता समाजवादी पार्टी अहिलेको अवस्थामामा एमसीसी अगाडि बढाउन नहुने अडानमा छन् । एमसीसीको विरोध गरेको सत्ता गठबन्धनको राष्ट्रिय जनमोर्चा भने सडक आन्दोलनमा उत्रिसकेको छ । एमसीसीले दिएको एमसीसीमा सकिन १० दिन मात्र बाँकी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *