रिबन

प्रतिनिधि सभा बैठक बस्दै, त्यसअघि गठबन्धन र कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको अघिल्लो बैठक स्थगित भएको थियो ।
संघीय संसद सचिवालयले प्रतिनिधिसभाको संभावित कार्यसूची सार्वजनिक गरेको छ । संभावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्नेछन् ।
त्यसअघि भामुख अग्निप्रसाद सापकोटाले आजका लागि प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । समितिको बैठकमा कार्यसूचीबारे छलफल हुने छ । सभामुखको सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक भोलि बिहान साढे ११ बजे बस्नेछ ।

त्यसअघि नै बिहान दश बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । हिजो बसेको गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो । बैठकले एमसीसीबारे निष्कर्ष निकालेपछि कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल हुने छ र प्रतिनिधि सभामा टेबल गर्ने नगर्नेबारे टुंगो लाग्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *