रिबन

बालुवाटारमा बैठक सुरु, गठबन्धन कायम राख्ने वा विघटन गरेर बाटोमा लाग्ने निर्णय गर्ने

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक पाँच बजेपछि सुरु भएको हो । गठबन्धनको बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे निर्णय लिने बताइएको छ ।

बैठकमा कांग्रेसको तर्फबाट प्रधामन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, कांग्रेस प्रवक्ता प्रकाशशरण महत, नेताहरू ज्ञानेन्द्र बहादुर कार्की, कृष्ण प्रसाद सिटौला सहभागी छन् ।

यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल जसपाबाट बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ बैठकमा सहभागी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्ने अडानमा छन् । प्रमुख सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी संसदमा टेबल गर्ने विषयको विपक्षीमा छन् । एमसीसीलाई कसरी अगाडी बढाउने भन्ने बारे आजको बैठकले निष्कर्श निकाल्ने विश्वास लिइएको छ ।

गठबन्धनको जारी बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुनेछ । साथै गठबन्धन कायम राख्ने वा विघटन गरेर दलहरू आ–आफ्नो बाटोमा लाग्ने निर्णय पनि गर्ने तयारी छ ।

एमसीसी अनुमोदन गर्ने भए माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) गठबन्धनमा नबस्ने बताउँदै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *