काठमाडौं। मन्त्रिपरिषद् बैठक बसिरहेको छ । मन्त्रिपरिषद्को नियमित जारी बैठकमा मन्त्रालयगत एजेण्डाका विषयमा छलफल भइरहेको छ ।
आजको बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी)लाई संसदमा टेबुल गर्नेबारे निर्णय हुनसक्ने बालुवाटार स्रोतले बताएको छ ।
देउवाले आजै बिहान सत्तारूढ गठबन्धनको एउटा दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेका थिए ।
दुवैको छलफलमा एमसीसीलाई अघि बढाउनेबारे छलफल भएको थियो ।आजको मन्त्रीपरिषद् बैठकलाई अर्थपूर्णरुपमा हेरिएको छ ।




