काठमाण्डौं । सत्ता गठवन्धनको निर्णायक वार्ता आज हुदैछ । प्रधानन्यायाधिशलाइ लगाइएको महाअभियोग र संसदमा एमसिसि टेवल गर्ने कि नगर्ने भन्ने विवाद चुलिएको बेलामा हुन लागेको यो वार्तालाइ निर्णायक भनेर विशेषण थपिएको छ । विपक्षमा रहेको नेकपा एमालेले के रणनीति अख्तियार गर्छ भन्ने चासो त छदैछ तर सरकारमा साथ रहन्छौं भनेर प्रतिवद्धतता जनाएका दलहरुको विचमा नै दरार पैदा भएको छ । सर्वोच्च अदालतका प्रधानन्याायाधिशलाइ महाअभियोग लगाइएको छ,वैशाख ३० गते स्थानीय तहको चुनाव तोकिएको छ र सदनमा एमसिसि टेवल गर्ने भनेर सरकारले वल गरेको छ । यस्तो बेलामा मुद्धाहरु अघि वढनु भन्दा वरु सरकार र गठवन्धन नै ढल्छ कि भन्ने संकेत देखिन थालेको छ । किन त यस्तो भइरहेको छ ?
सत्ता गठवन्धनका माओवादी केन्द्र र एकिकृत समाजवादी चुनाव चाहिरहेका छन । चुनावको लागि सवैभन्दा वढी वल कांग्रेस र एमालेले गरिरहेका छन । चुनावमा जाने हुदा माओवादी र समाजवादीले कि त कांग्रेससंग गठवन्धन गर्ने कि चुनाव पर सार्ने शर्त राखेका छन । र,कांग्र्रेस भित्र कुनै हालतमा गठवन्धन गर्न हुन्न भन्ने दवाव वढेको छ । यहि वेलामा चुनावको मिति घोषणा भयो । अब कि कांग्रेसले गठवन्धनको लागि सहमति जनाउनु पर्नेछ । अन्यथा अदालत प्रयोग गरेर चुनावको मिति पर सार्ने खेल हुनेछ ।
सत्ता गठवन्धनमा प्रधानन्यायाधिशको महाअभियोग पनि यसैगरि अडकिएको छ । महाअभियोग तिन महिना भित्र पास हुनुपर्छ अन्यथा निलम्वित प्रधानन्यायाधिश अदालत फर्कनेछन । तर,महाअभियोग पास गर्न दुइ तिहाइ मत चाहिन्छ,जुन एमाले विना सम्भव छैन । र,एमालेले महाअभियोगमा मद्धत नगर्ने भनिसकेको छ ।
तर,मुल कुरा छ,एमसिसिको वारेमा । र,यसमा प्रधानमन्त्री शेरवहादुर देउवा निर्धक्क छन । र,उनको वारेमा ढुक्कले भन्न सकिन्छ कि उनी निर्णय गर्न डराउदैनन । एमसिसि चुनाव पछि पास गरौंला भन्ने प्रचण्ड–माधवको जुन दोधारे कुरा छ,देउवा यहि कारणले रोकिन कम मात्र देखिन्छ । यसो हुदा सत्ता गठवन्धनको वैठक रस्साकस्सीपुर्ण मात्र होइन,चुनावतिर अघि वढेका देउवा गठवन्धन टुटेपनि एमसिसिमा अघि वढने देखिन्छ ।




