रिबन

यसपछि प्रचण्ड फरक्क फर्किए

काठमाण्डाै‌‌ । वुधवार संसदको वैठकमा विमति भएपनि एमसिसि प्रस्तुत गर्ने सहमति थियो । यहि सहमति अनुसार,नेपाली कांग्रेसले कोरा कागजमा आफना सांसदलाइ हस्ताक्षर गराएर प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जवरालाइ महाअभियोग लगाएको थियो । महाअभियोगको गुण पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले एमसिसि प्रस्तुत गर्न मद्धत गरेर तिर्नुपर्ने थियो । तर,वुधवार विहानै वसेको माओवादी वैठकले एमसिसिमा सहमति नजनाउने र प्रधानमन्त्रीले पेल्न खोजे सरकार छाडने चेतावनी दियो । वैठक सकिने वित्तिकै यहि सन्देश वोकेर एमसिसिलाइ पत्र लेख्ने मध्येका एक प्रचण्ड वालुवाटार पुगे । तिन दिन अघि एमसिसिमा वाहिर असहमति भित्र सहमति जनाउने प्रतिवद्धता जनाएका प्रचण्डले फरक्क फर्किएर एमसिसिलाइ मद्धत गर्न नसकिने जनाउ प्रधानमन्त्री शेरवहादुर देउवालाइ दिए ।
सत्ता गठवन्धनमा पुष्पकमल दाहाल माछा झैं हातबाट चिप्लिए पछि परिस्थितिको गम्भीरतालाइ छिटो वुझने देउवाले वुधवार एमसिसि टेवल गर्ने पुर्ववत अडानलाइ त्यागे । वरु उनले विहिवार सत्ता गठवन्धनको वैठक डाके ।
कुरा यति मात्र होइन,सत्ता गठवन्धनले मद्धत नगर्दा प्रधानमन्त्री देउवाले मद्धतको आश गर्ने प्रमुख प्रतिपक्ष नेकपा एमालेले कुनै सकारात्मक संकेत दिएन । असाध्यै मिठो सम्वन्ध भएका देउवा र ओली आखाको भाकामा कुरा मिलाउछन तर यसपटक यस्तो भएन । किनभने सदनमा जानु अघि ओलीले सांसदहरुलाइ भेटे तर यो भेट सुखद रहेन । एमाले स्रोतका अनुसार,भेटमा अधिकांश सांसदहरुले ओलीलाइ एमसिसि पास गर्नै सकिन्न भनेर चुनौती दिए । र,ओली मौन वसे । यसपछि एमालेले सदनको एजेण्डा सेट गर्ने कार्यब्यवस्था समितिको वैठकमा नजाने निर्णय गरे ।
सत्ता गठवन्धनको असहयोग र विपक्षीको मौनताको विचमा एमसिसि अघि बढाउन देउवालाइ झन कठिन भयो । संसदीय परिपाटीमा आर्थिक प्रस्ताव अर्थमन्त्रीले पेश गर्नुपर्छ । र,अनौठो संयोग यतिवेला अर्थमन्त्रालय माओवादीको हातमा छ भने सदनको नेतृत्व पनि अग्नि सापकोटाले गरिरहेका छन जो एमसिसिको विरुद्धमा छन । यसपछि रक्षात्मक अवस्थामा पुगेका देउवाले एमसिसिको झञ्झट त्यागेर थारु आयोगको प्रतिवेदन पेश गर्ने कुरा कार्यसुचीमा लेखियो तर यो काम देउवाले गरेनन वरु कानुन मन्त्री दिलेन्द्र वडुलाइ गराए । तर,तिनै वडुले वुधवार पेश नभएको एमसिसि शुक्रवार पेश हुने वताएका छन ।
मन्त्री वडुले यसो भनेपनि स्वयम कांग्रेस कै सांसदहरु भने किटकिटिन थालेका छन । उनीहरुले वुधवार दिनभर प्रचण्डले धोका दिएको ठानेका छन । महाअभियोगमा आफुहरुलाइ फसाएर प्रचण्डले एमसिसिमा धोका दिएको उनीहरुको ठम्याइ छ ।
प्रचण्डको सल्लाहमा देउवाले महाअभियोग लगाइसकेका छन । यसबाट पछि हटने ठाउ अब छैन । तर,एमसिसिमा यदि प्रचण्डले साथ दिएनन भने के हुन्छ ? र,एमसिसिलाइ आफै पत्र लेख्ने प्रचण्ड अहिले किन कोल्टे फेर्दैछन ? राजनीतिक वृत्तमा प्रचण्डले पुन वाम एकताको लागि माहोल वनाउदै गरेको, चिनिया दवावमा परेको,पार्टी भित्रकै आन्तरिक दवाव खप्न नसकेकोले पछि हटेको भनेर चर्चा हुन थालेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *