रिबन

स्थानीय तहको चुनावका लागि दल दर्ता आह्वान

काठमाडौं । आगामी बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले दल दर्ताको आह्वान गरेको छ ।

आयोगले बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने गरी मिति तोकेको छ । अहिले निर्वाचन आयोगको रेकर्डअनुसार आयोगमा १ सय ६ वटा दल दर्ता भएका छन् ।

आयोगले दल दर्ताका लागि आह्वान गरेसँगै तोकिएको मितिमा चुनाव हुने निश्चित समेत भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *