रिबन

विश्वकप क्वालिफायर खेल्ने नेपाली क्रिकेट टिमको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघले आइसीसी टि–२० विश्वकप क्रिकेट क्वालिफायर खेल्ने नेपाली टोलीको घोषणा गरेको छ ।

कप्तान सन्दिप लामिछाने नेतृत्वको १४ सदस्यीय टोलीको घोषणा भएको हो । टोलीमा शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेखर, आसिफ शेख, अविनाश बोहरा, जितेन्द्रकुमार मुखिया, कमलसिंह ऐरी, विेककुमार यादव, लोकेश बम, सागर ढकाल र गुल्शन झा टिममा परेका छन् ।

टिममा वैकल्पिक खेलाडीको रुपमा भने कुशल मल्ल, शाहव आलम र प्रदीपसिंह ऐरी परेका छन् । नेपाली टिमको मुख्य प्रशिक्षकमा पुवुदु दाशानायके र कन्सल्ट्यान्ट प्रशिक्षकमा भने धम्मिकाप्रसाद रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *