राजनीति

कांग्रेसले फागुन २० देखि चैत २० सम्म ‘घरघर जाउँ कांग्रेस जिताउ’ अभियान सञ्चालन गर्ने


काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई मध्यनजर गरेर देशभर एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसम्पादन समिति बैठकले नाम‘घरघर जाउँ कांग्रेस जिताउ’ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।


कांग्रेसले फागुन २० गते देखि चैत २० गतेसम्म अभियान सञ्चालन गर्ने पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । अभियानमा सुभेच्छुक संस्था,भ्रातृ संस्था र पार्टीका सम्पूर्ण संरचना परिचालित हुनेछन ।

कार्यसम्पादन समितिले सम्पूर्ण रुपमा पार्टीको ध्यान स्थानीय निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *