रिबन

टेष्ट राष्ट्र आयरल्याण्डसँग पराजित नेपालको प्रदर्शन भने सुधारोन्मुख

काठमाडौं । ओमानमा जारी चार देशीय टी– २० सिरजिको अन्तिम खेलमा नेपाल टेस्ट राष्ट्र आयरल्यान्डसँग १६ रनले पराजित भएको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालले आयरल्यान्डलाई १२७ रनमा रोके पनि लक्ष्य पुरा गर्न सकेन । १२८ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाई १११ रनमा समेटिएको हो ।

नेपालका व्याट्सम्यानले राम्रो खेल्न नसक्दा नेपाल पराजित हुन पुगेको छ । उत्कृष्ट वलिङ र फिल्डिङ गरेको नेपाल व्याटिङमा राम्रो गर्न नसक्दा पराजय भोगेको हो । दिपेन्द्रसिंह ऐरीले वलीङ र व्याटिङमा उत्कृष्ट खेलेको भएपनि अनुभवी खेलाडी ज्ञानेन्द्र मल्ल र शरद भेषवाकरको प्रदर्शन बिर्सनलायक भयो ।

टेष्ट राष्ट्र आइरल्याण्डसँग पराजित भएपनि चारदिनपछि ओमानमै शुरू हुने टी–२० विश्वकप छनोटका लागि भने नेपाली टिमले आशा दिलाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *