रिबन

किन भेटे डा.शेखरले राष्ट्रपतिलाई ?

काठमाण्डौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन । उनीहरु विच शितल निवास भेट भएकाे थियाे । आइतबारको भेटमा कोइराला र राष्ट्रपति भण्डारीबिच समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

कोइरालाले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए ।

पछिल्लो समय राजनीतिक भेटवार्तालाई तीव्रता दिएका नेता कोइरालाले राष्ट्रपति भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *