१,
नीलो रङमा
सपना साँच्दै हिडेँ
भाग्य खरानी !
२,
पीडा बोकेर
सपना अङ्गाल्दामा
त्यागेछ देह ।
३,
मार्सीको भात
स्वाद चाखिंदै जाँदा
झस्किन्छ सदैव ।
४,
हाइकु
मूर्ख बनेर
हुत्तिँदै अघि बढ्दा
जोखिम मोल्यो !
५,
हेर्दाहेर्दैमा
भयानक षड्यन्त्र
सहनु पर्ने !
६,
शासक बनी
निरङ्कुशता च्याप्दै
फन्दामा आफै !




