रिबन

काँग्रेस बैठक: गठबन्धन छोडेर भए पनि एमसीसी पास गर्न एकमत

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना संसदद्बारा पारित गर्नुपर्ने विषयमा नेताहरू एकमत देखिएका छन् ।

यससँगै गठबन्धनको मतलव नराखी एमसीसी पारित गर्नुपर्ने विषयमा कांग्रेस अघि बढ्ने भएको छ। कांग्रेस प्रवक्ता डा. रामशरण महतले एमसीसी परियोजनाबारे विस्तृतमा चर्चा गरेका थिए ।

प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले संक्षेपमा एमसीसीबारे लिखित सामग्री डा.महतसँग मागेको बैठक सम्पन्न भएपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

‘एमसीसी विद्युत र सडकका लागि हो र यो कुरा हामीले जनमानसमा भन्नुपर्छ भन्दै डा. रामशरण महतले लामो विवरण राख्नु भयो । उहाँले भन्नुभयो कि, यो हामीले लिनुपर्छ । त्यसपछि सभापतिजीले मलाई संक्षेपमा यसबारे लेखेर दिनु, साथीहरूसँग कुरा गर्छु भन्नुभयो’, प्रवक्ता डा. महतले भने ।

सरकारले दिएको विजनेश सभामुखले टेबुल गर्नुपर्छ, रोक्न नमिल्दैन, उनले भने, ‘सरकारले दिएको बिजनेश सभामुखले रोक्ने छुट ऐनले दिएको छैन । बैठकमा निर्वाचन नजिकिएकाले अनुसाशन समिति गठन गर्ने विषयमा पनि छलफल भएको थियो । अधिवेशन हुन नसकेका १६ जिल्लाका विषयमा पनि छलफल भएको थियो । यो छलफलसँगै महाधिवेशन निर्वाचन कार्य समितिको बैठक बसेको थियो ।

बैठकमा डा. महतले गठबन्धनसहित कांग्रेस निर्वाचनमा जान नहुने धारणा पनि राखेका छन् । भ्रातृ र शुभेच्छुक संगठनको महाधिवेशन भने केहीको स्थानीय तह निर्वाचनअघि र केहीको पछि गर्ने कुरा भएको छ । स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयले छलफलमा प्रवेश नपाएको महतले बताए । सबै दलले क्षमता र आधारबारे मूल्यांकन गर्न बाँकी रहेको उनले बताए । कसरी निर्वाचनमा सहभागी हुँदा फाइदा हुन्छ भन्ने विषयमा छलफल गरेर निर्णयमा पुगिने उनको भनाइ थियाे ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *