काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले गाउँपालिकाका वडाध्यक्षलाई कालो मोसो दलेका छन् ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ का वडाध्यक्ष प्रेम खातीलाई बिहीबार वडा अध्यक्षका कार्यकक्षमै कालो मोसो दलेका हुन् ।
विप्लव निकट युवा संघका अनुसार वडाध्यक्षले भ्रष्टाचार गरेकाले ‘जनकारबाही स्वरुप’ कालो मोसो दलिएको हो ।
वडाध्यक्षले वडा कार्यालय गाउँपालिकामा राखेर अन्तै भाडा दिएको, लघुवित्तहरुलाई जमिनसहित १५ लाख दिएको, मनोमानी रुपमा कर्मचारी भर्ना गरेको, उपभोक्ता समितिद्वारा आफू अनुकुल काम गरेको लगायतका आरोप उनीहरुले लगाएका छन् ।




