काठमाडौं । लुम्बिनी विकास कोषको कोषाध्यक्षमा ढुण्डीराज भट्टराई नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टराईलाई कोषाध्यक्षमा नियुक्त गरेको हो ।
भट्टराईले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट एप्लाइड बुद्धिजममा स्नातकोत्तर गरेका छन् । समाजशास्त्रमा पनि स्नातकोत्तर र कानूनमा स्नातक गरेका भट्टराई दुई दशकदेखि पत्रकारितामा पनि आवद्ध छन् ।
भट्टराई नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही सहइन्चार्ज हुन् । उनको कार्यकाल ५ वर्षको हुनेछ । भट्टराईले आफ्नो कार्यकालमा कोषमा आर्थिक पारदर्शिता र सुशासन कायम गर्नु पहिलो प्राथमिकता हुने बताएका छन् ।




