रिबन

परिपक्क कांग्रेस, एक पटक फेरि खराे उत्रियाे

काठमाण्डाैं । चुनाव सार्न र टार्न खाेजेकाे भनेर वालुवाटारबाट वालकाेट सरेकाे नेकपा एमालेले वारम्वार दाेष लगाइरहेकाे बेलामा सरकारले साेमवार वैशाख ३० गते स्थानीय तहकाे चुनाव गर्ने भनेर मिति घाेषणा गरयाे।

प्रधानमन्त्री शेरवहादुर देउवाले चुनाव सार्न खाेजेकाे,लाेकतन्त्र अपहरण गर्न खाेजेकाे भनेर अनाफ सनाफ वाेलेकाे एमाले यतिवेला शितांग छ।खासमा पार्टी फुटेर,हानेहार कार्यकर्ता यता र उता भएर तथा संगठन छिन्न भिन्न भएर वसेकाे बेलामा चुनाव गर्न सरकारले नमानेकाे भनेर हल्ला गरेर वजार पिटने र यसैलाइ चुनावी अभियान गर्ने एमालेकाे चाहना थियाे तर साेमवार यस्ताे भएन।सरकारले वैशाख ३० गते नै चुनाव भनेपछि अब एमाले स्वयम पनि अलमलमा परेकाे छ।

एमालेले जति हल्ला गरेपनि उसकाे संगठन विग्रेकाे मात्र छैन,कम्युनिष्ट व्राण्डमा कडा धक्का पनि लागेकाे छ।यसमाथि माैका पाएर पनि पाच बर्ष सरकार चलाउन नसकेकाे असक्षमकाे दाेष पनि केपी अेालीकै थाप्लाेमा परेकाे छ।र,सानाे दलबाट दुइ तिहाइकाे पार्टी हुदा समेत न उनले पार्टी जाेगाउन सके न सरकार। तर तिनै एमालेका अध्यक्ष कांग्रेसलाइ चुनाव गराउन विलम्व गरेकाे दाेष लगाउन किन तम्सिए त ? यसकाे पछाडिकाे कारण के हाे त ?

खासमा एमाले चुनाव अलि पछि मात्र चाहन्थ्याे।उसकाे चाहना यदि केपी अेालीकै सरकार रहेकाे भएपनि मंसिरमा चुनाव भनेर वैशाखमा गर्ने थियाे। यसैकारण हतार हतार अधिवेशन गरेर चुनावकाे तयारीमा एमाले लागेकाे हाे।एमाले यसपटककाे चुनाव पहिलाे हुन सकिन्न भन्नेमा ढुक्क छ र दाेस्राे स्थान अरूले खाेस्न सक्दैन भन्ने कुरामा पनि ढुक्क छ।यसैकारण कांग्रेसलाइ दवाव दिएर चुनावमा धकेल्ने,माअेावदी र माधव नेपालकाे दललाइ सकभर कम सिटमा सिमित गर्ने उसकाे रणनीति छ।अझ अनेक वहानामा सत्ता गठवन्धन टुटाउन सकियाे र चुनाव एमाले-कांग्रेसकाे सहकार्यमा हुन सक्याे भने गजब हुन्थ्याे भनेर मनमनै मग्न छ।एमसिसिकाे वहश पछिकाे विवाद हेर्दा वातावरण एमालेकाे चाहेकाे अवस्था वन्न लागेकाे देखिन्छ।तर,याे देशमा खेलाडी एमाले र अेाली मात्र छन ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *