रिबन

एमसिसिलाई देउवा–प्रचण्डको गोप्य पत्र, सभामुखलाई संसदमा एमसीसी टेवल गर्न दवाव दिने प्रतिवद्धतता

काठमाण्डौं । एमसीसीलाई पास गर्न भरमग्दुर कोशिश गर्ने भनेर प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवद्धतता जनाउदै लेखेको पत्र सार्वजनिक भएको छ ।

एमसीसीको हेड अफिस न्युयोर्कमा गत सेप्टेम्वर २१ तारिखमा लेखेको पत्र अहिले सार्वजनिक भएको हो । पत्रमा चार पाच महिना भित्र एमसीसी पास गर्ने भनिएको छ । दुई नेताले लेखेको पत्रमा एमसीसी पास गर्न सभामुखलाई संसदमा यो विषय टेवल गर्न आग्रह गर्ने पनि भनिएको छ ।

पत्रमा चार पाच महिना भित्र पास गर्ने भनिएपनि मिति भने उल्लेख गरिएको छैन तर एमसीसीले भने फागुन भित्र यसलाइ पास गर्न भनेको छ । यसरी पत्र लेखेपनि अध्यक्ष दाहालले भने पत्र नलेखेको भनेर बारम्वार झुटो वोल्दै आएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *