विश्व

म्यानमारमा प्रजातन्त्रवादी सूकी विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । म्यामारको सैन्य सरकारले प्रजातन्त्रवादी नेतृ आङ सान सूकी विरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ । योसँगै सैन्य सरकारले अहिलेसम्म सूकी विरुद्ध ११ मुद्दा दायर गरेको छ ।

देशको उत्तरपश्चिम सागाइङ क्षेत्रका सर्वसाधारणलाई सेनाले फेरि आक्रमण गरेको विवरण सार्वजनिक भइरहेका बेला सरकारले सूकी विरुद्ध मुद्दा दायर गरेको हो । सेनाले सो क्षेत्रमा ४०० घरहरु जलाएको जनाइएको छ ।

आफ्नी आमाको नाममा स्थापना भएको एउटा परोपकार संस्थालाई गैरकानुनी ढंगले ५ लाख ५० हजार सहयोग भन्दै प्रहरीले उनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सो मुद्दामा अदालतको सुनुवाइ बारेमा विस्तृत विवरण खुलाइएको छैन ।

सैन्य सरकार विरुद्ध उत्तेजक अभिव्यक्ति दिएको, कोभिड नियम पालना नगरेको र दूरसञ्चारको नियम उल्लंघन गरेको विभिन्न अभियोगमा सूकीलाई यसअघि नै अदालतले ६ वर्ष जेल सजाय तोकेको छ । गत वर्षको फेब्रुवरीमा निर्वाचित सरकारलाई कु गरेपछि सूकी घरमै नजरबन्दमा छिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *