रिबन

काठमाण्डौंमा फेरि हिउँ परयो,चन्द्रागिरि र नागार्जुन सेताम्मे

काठमाण्डौं । विहिवार रातभर परेको पानीले काठमाण्डौंमै हिउ परेको छ । काठमाण्डौंको पर्यटकिय क्षेत्र चन्द्रागिरि र नागार्जुन डाडामा हिउ परेको हो । बर्षा रातभर भएको थियो । बर्षापछिको चिसोको कारण हिउ परेको थियो । हिउ परेपछि राजधानी काठमाण्डौंको वातावरण चिसो भएको छ । वरिपरिका डाडामा सेताम्मे हिउले निकै मनमोहक वातावरण वनेको छ । मौसमविदले आइतवारबाट मात्र मौसम सफा हुने वताएका छन । शुक्रवार विहान पनि राजधानीमा पानी परिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *