रिबन

मलद्धारमा एक किलाे सुन र चार वटा आइफाेन हालेर ल्याउने एयरपाेर्टमा पक्राउ

काठमाण्डाैं । मलद्वारभित्र करिव एक किलाे सुन वाेकेर ल्याउने पक्राउ परेका छन। हिमायल एयरलायन्सबाट दुवइ हुदा काठमाण्डाैं उत्रिएका ३ जना यात्रुलाइ विमानस्थल प्रहरीले पक्राउ गरेकाे हाे । प्रहरीका अनुसार, रौतहटको गौर नगरपालिका–१० का ३२ वर्षीय सुनिलकुमार साह, मकवानपुर मनहरिका २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकको भोटेकोसी गाउँपलिका–३ का दावाछिरिङ शेर्पा सुन सहित पक्राउ परेका हुन् । उनीहरुमध्ये शेर्पाले सुन मलद्वारभित्र लुकाएर ल्याएका थिए । सुन एक किलो ५५ ग्राम रहेको छ । उनले ल्याएकाे सुन झण्डै एक करोड वरावर रहेकाे प्रहरीले जनाएको छ ।

तीनै जनालाई बुधबार अपराह्न पक्राउ गरेको भए पनि आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया पूरा गरी आज सार्वजनिक गरिएको हो । साहबाट चार थान आइफोन तथा ५० ग्रामको सुनको औँठी र सिक्री बरामद गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *