काठमाण्डौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले युद्ध चाहेको वताएका छन । रुसले युक्रेनको सिमानामा दस लाख भन्दा बढी हतियारवन्द सेना पठाएपछि उत्पन्न तनावको विचमा उनले मुख खोलेका हुन । युक्रेनलाइ रुसले लिन खोजेको आरोप पश्चिमा राष्ट्रले लगाइरहेको बेलामा रुस भने मौन थियो । सन २०१४ मा युक्रेनको दक्षिण सिमानामा रहेको क्रिमिया लिएको रुसले यसपटक फेरि युक्रेनको सिमानामा सेना पठाएपछि पश्चिमा देश जुर्मुराएका छन । यहि कारण युक्रेनमा युद्ध हुने हो कि भन्ने शंका पैदा भएको छ तर यस्तो वेलामा पुटिनले भने अमेरिकाले युद्ध चाहेको भनेर आरोप लगाएका छन ।




