काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ मधेश प्रदेशले गिरफ्तार गरिएका सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग गरेको छ ।
अध्यक्ष सोमप्रसाद शर्माले मंगलबार विज्ञप्ति जारी गरेर पक्राउ गरिएका सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।
विज्ञप्तिमा वनको संरक्षण र दिगो व्यवस्थापनका लागि अमूल्य योगदान गर्दै आएका देशभरमा २२ हजार भन्दा बढी सामुदायिक वन उपभोक्ता समूहको संबैधानिक र कानूनी अधिकार हनन् हुने गरी नेपाल सरकारले तर्जुमा गरेको वन नियमावली र सामुदायिक वन विरोधी प्रदेश वन ऐनहरूका विरुद्ध वन विभाग परिशर, बबरमहल काठमाडौंमा विगत एक हप्तादेखि नेपालको संविधानप्रदत्त मौलिक हकका आधारमा शान्तिपूर्ण रुपमा एक घण्टे धर्ना कार्यक्रम सञ्चालन गर्दै आएको यस सामदायिक वन उपभोक्ता महासंघ, नेपालका अध्यक्ष भारती पाठक, महासचिव बिर्ख बहादुर शाही, सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गौतम, स्थायी समितिका सदस्य डोलकमारी सापकोटा, जिल्ला महासंघ ललितपुरका अध्यक्ष प्रेम प्रसाद घिामर, केशवराज गिरी, सिन्धुपाल्चोक जिल्ला महासंघका सचिव दयालक्ष्मी श्रेष्ठ, भक्तपुर जिल्ला महासंघका सदस्य सहदेव न्यौपाने, पवित्रा तिमिल्सना, उपभोक्ता उषा के.सी., लगायत महासंघका कर्मचारीहरू प्रेम सवेदी, संजिव वाइवा र हेमन वम्जनलाई नेपाल सरकारको सुरक्षा निकायले धरपकड र गिरप्तार गरेको कार्यप्रति यस महासंघको ध्याकषण भएको छ ।





