राजनीति

हामी देशको लागि शिर कटाउन तयार छौंः सुदन किराँती

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं संघीय सांसद सुदन किराँतीले देशको हितका लागि आफूहरु शिर कटाउन पनि तयार रहेको बताएका छन् ।

सत्तारुढ ५ दलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास गर्नका लागि दलहरुलाई दवाब दिँदै एमसीसी पास गर्न आफू गठबन्धन नै तोड्न पनि तयार रहेको बताएका थिए ।

प्रधानमन्त्री देउवाको उक्त अभिव्यक्तिलाई लक्षित गर्दै नेता किराँतीले देशको हितका लागि आफूहरु सरकार छाड्न मात्र होइन शिर कटाउन पनि तयार रहेको बताएका हुन् ।

‘सरकार त के बरु हामी देशको लागि शिर कटाउन तयार छौं तर हामीबाट राष्ट्रघात हुने छैन,’ नेता किराँतीले मंगलबार विहान सामाजिक सञ्जालमा लेखेका छन् ।

त्यसैगरी नेता किराँतीले पार्टीको आठौं महाधिवेशनको निर्देशन छातीभित्रको देश भक्तिलेसमेत राष्ट्रघात हुने कार्यको विरुद्घ लाग्न निर्देशन गरेको उनले बताएका छन् ।

‘आठौं महाधिवेशनको निर्देशन र हाम्रो छाति भित्रको देश भक्त्ति भावनाले यही भन्छ,’ किराँतीले भनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *