अर्थ

आयल निगमको कार्यकारी निर्देशकका लागि १७ जनाको दरखास्त, क-कसले दिए आवेदन ?

काठमाडौं।नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार साँझसम्म १७ जनाले आवेदन दिएको जनाएको छ ।

रिक्त कार्यकारी निर्देशक पदका लागि जीवनप्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, डा. लक्ष्मण पौडेल, लोकबहादुर खड्का, कृष्णप्रसाद यादव, तारानाथ पौडेल र चित्तरञ्जन दासले कार्यकारी निर्देशकका लागि आवेदन दिएका छन् । यसै गरी रामदेव यादव, चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द, भूपेन्द्रप्रसाद अर्याल र सञ्जय कुमारले पनि आवेदन दिएको मन्त्रालय स्रोतले जनाएको छ । आवेदक मध्येका दास निगममै कार्यरत उपनिर्देशक हुन् । भट्ट निगमका पूर्व कार्यकारी निर्देशक हुन ।

विज्ञापनमा निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको कार्यानुभव भएको हुनुपर्ने सर्त राखेको छ ।

तीन वर्षअघि विज्ञापन हुँदा १८ जनाले आवेदन दिएका थिए । उद्योग मन्त्रालयले २५ पुसमा कार्यकारी निर्देशकका लागि विज्ञापन गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *