राजनीति

केशर महल बाहिरको जग्गा निजी प्रयोजका लागि दिइनेछैनः शिक्षामन्त्री पौडेल

काठमाडौं । केशर महलको निरिक्षण गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतमा सरकारको भौतिक सम्पतिहरु निजि क्षेत्रलाई प्रयोग गर्न नदिने बताएका छन् ।

यसैगरी, सञ्चारमाध्यमहरुमा केशर महल बाहिरको जग्गा निजी क्षेत्रलाई निजी प्रयोजका लागि दिन खोजेको भन्ने सामाचार प्रकाशित भएको भन्दै महलको निरिक्षण गरेको बताए ।

उनले सरकारी संरचनाहरु नियमविपरित निजी क्षेत्रलाई प्रयोगमा दिएको पाइएमा कानूनअनुसार कारबाही गरिनेसमेत बताए ।

मन्त्री पौडेलले अबको ६ महिनाभित्रमा केशरमहलको काम सक्नेगरी लाग्न निर्देशन दिएका छन् ।

उनले महलको पुननिर्माणमा ढिलाई हुँदा मन्त्रालायसँग सम्बन्धित कतिपय कामहरु व्यवस्थित गर्नका लागि भौतिक ठाउँहरुको अभाव भएको समेत बताए ।

साथै,केशर महलको पुनः निर्माणपछि त्यहाँको संरचनालाई कसरी प्रयोग गर्ने भन्ने बारेमा सुझाव दिन गठित कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदन प्रारुपबारेको छलफलमा स्वप्न बर्गैचा विकास समिनिलाई केशर महल विकास समिति बताएर भौतिक संरचनालाई व्यापारिक कार्यमा प्रयोग गर्न निवेदनको मस्यौदामा समावेश गरिएको बताएको छ ।

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महलको पुनः निर्माणको कार्य जारी रहको छ।

केशरमहल स्थित स्वप्न बगैंचा ८ रोपनी क्षेत्रफलमा रहेको छ । यस्तै, केशरमहल ३४ रोपनी, २ आना, एक पैसा, तीन दाम क्षेत्रफलमा फैलिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *