शिक्षा / स्वास्थ्य

आईतबार ३ हजार ५४० संक्रमित थपिए,६ हजार ३५९ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४० जना कोरोना संक्रमित थपिएका छन भने ६ हजार ३५९ संक्रमित कोरोनामुक्त भएका छन । माघ १३ गतेदेखि १६ गतेसम्म कोरोना संक्रमणका कारण २७ जनाले ज्यान गुमाएका छन ।


१३ हजार १ सय ५४ जनाको परिक्षण गर्दा ३ हजार ५ सय ४० जनामा कोरोना पुष्टि भएको हो । नेपालमा सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ पुगेको छ ।


खोप अभियान सुरुभए देखि अहिलेसम्म नेपालमा ३ करोड ८ लाख ७६ हजार ९ सय मात्र खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ करोड ६५ लाख २७ हजार ७४१ जनाले एक मात्रा र १ करोड ४० लाख १५ हजार ३२४ जनाले दुई मात्रा खोप लगाएका छन । ३ लाख ३३ हजार ८ सय ३५ जनाले बुस्टर डोज लगाएको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिले पनि औसत ४० प्रतिशत कोरोना संक्रमण दर कायम छ । गत हप्ताको तुलनामा ४ प्रतिशतले संक्रमण दर घटेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *