शिक्षा / स्वास्थ्य

प्रयोगशाला बाहिर परीक्षण गरिएका कोभिड १९ को नतिजा उपलब्ध गराउन सरकारको आग्रह

काठमाडौं । सरकारले प्रयोगशाला बाहिर गरिएका कोभिड १९ परीक्षणको नतिजा उपलब्ध गराउन आग्रह गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आज एक सूचना जारी गर्दै विभिन्न संघ संस्थाले आफैँ किट प्रयोग गरी गरेका परीक्षणको नतिजाबारे सरकारलाई जानकारी गराउन आग्रह गरेको हो ।

नतिजा पठाउनका महाशाखाको इमेलमा विवरण पठाएर वा कल सेन्टरमा कल गरी नतिजाबारे जानकारी दिन सकिने महाशाखाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *