काठमाडौं । आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाइँदै छ।
यसैक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद दिवसका अवसरमा सम्पूर्ण सहिदहरुप्रति सद्दाञ्जली व्यक्त गरेका छन् ।
प्रचण्डले आइतबार बिहान एक सन्देश जारी गर्दैै जहानियाँ राणा शासनविरुद्ध प्रजातान्त्रिक शासन व्यवस्थाका लागि जीवन आहुति दिने सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
‘जहानिया राणाशासन विरुद्ध प्रजातान्त्रिक शासन व्यवस्थाका लागि वीरतापुर्वक जीवन आहुती दिने अमर सहिदहरु शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा लगायत सम्पूर्ण सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,’ उनले लेखेका छन् ।




